हाम्रो बारेमा
मन्त्रालयको परिचय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय (यस पछि “मन्त्रालय” भनिएको) कानूनी राज्यको अवधारणा अनुरुप नेपाल कानूनको तर्जुमा, मौजुदा कानूनहरुमा समसामयिक संशोधन लगायत न्याय प्रशासनसँग सम्बन्धित कार्यहरु सम्पादन गर्ने नेपाल सरकारको केन्द्रीय निकाय हो। मन्त्रालयको स्थापना पूर्व कानूनको तर्जुमा तथा सन्धि सम्झौताको क्षेत्रमा काम गर्ने सरकारी संस्थागत संयन्त्र थिएन। सम्वत् २००७ साल अघिसम्म ऐन बनाउनु परेमा अदालतमा धेरै वर्ष काम गरी अनुभव प्राप्त धर्मशास्त्र तथा नीति शास्त्रका विद्वानहरु, धर्माधिकार, साहु महाजन, सन्त महन्त, जिमिदार, थरी, मुखिया तथा सामाजिक क्षेत्रमा नाम कमाएका व्यक्तिहरुको सिफारिसमा मात्र लालमोहर वा खड्ग निशाना लगाई ऐन बनाई जारी गरिन्थ्यो।२००७ साल पछि केही अवधिको लागि समाजमा नाम कमाएका व्यक्तिबाट कानून बनाउनुको सट्टा अरु विद्वानहरुबाट कानूनको मस्यौदा गराई मन्त्रिमण्डलको सल्लाह लिई राजाबाट लालमोहरद्वारा ऐन जारी गर्ने व्यवस्था प्रचलनमा ल्याइएको थियो ।
मिशन
कानूनको प्रभावकारी कार्यान्वयनबाट कानूनी शासनको प्रतिफल जनतामा पुर्याउने कानूनी सहायताको प्रभावकारीता अभिवृद्धि गर्ने संविधान प्रदत्त मौलिक हक र विश्वव्यापी रुपमा अवलम्बन गरिएका मानव अधिकारको प्रवर्द्धन र संरक्षण गर्ने
दृष्टिकोण
नेपाली जनताको इच्छा र आकांक्षा अनुकूलको कानूनी संरचना, न्याय अनुभूत गर्न सक्ने न्याय प्रबन्ध र देश विकास तथा राज्य संचालनका लागि आवश्यक कानून तर्जुमा गर्ने।
लक्ष्य
ऐन, अध्यादेश, नियम र गठन आदेश बनाउने सम्बन्धमा परामर्श दिने, मस्यौदा गर्ने, मस्यौदा जाँच गर्ने, नेपाल सरकारको लागि आवश्यक पर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी विवादको सम्बन्धमा आवश्यक राय परामर्श दिने, कानूनको एकीकरण तथा संहिताकरण, नेपाल कानून, अन्तर्राष्ट्रिय कानून, न्याय प्रणाली र न्याय प्रशासनको अनुसन्धान, पुनरावलोकन, सुधार तथा न्याय प्रशासन सम्बन्धी काम गर्ने।
कानुन, न्याय र संसदीय मामिला मन्त्रालयका कार्यहरू
मन्त्रालयको संगठनात्मक संरचना
मन्त्रालयबाट सम्पादन हुने कामकारबाहीलाई व्यवस्थित तथा प्रभावकारी रुपमा सम्पादन गर्न मन्त्रालयमा कानून तर्जुमा महाशाखा
हाम्रा समर्पित नेताहरू
हामी सबैको लागि न्याय सुनिश्चित गर्न प्रतिबद्ध छौं। हाम्रो लक्ष्य हो: सिर्जना, समीक्षा।
हाम्रा समर्पित नेताहरू
हामी सबैको लागि न्याय सुनिश्चित गर्न प्रतिबद्ध छौं। हाम्रो लक्ष्य हो: सिर्जना, समीक्षा।